बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेपाल ‘ए’ ले आज आयरल्यान्ड ‘ए’ सँग खेल्दै

बिहिबार, चैत्र १५ २०८०

काठमाडौं । नेपाल ए ले पहिलो टी- २० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ ।

खेल दिउँसो १ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी२० र एक दिवसीय सिरिज हुनेछ ।

आयरल्यान्ड ए नेपालको सिनियर टोलीसँग दुवै खेलमा पराजित भएको थियो । सिनियर टोली भने आज फ्रेन्डसिप कप खेल्न भारततर्फ जाँदैछ । बरोडा, नेपाल र गुजरातबीच त्रिकोणात्मक सिरिज हुनेछ ।

नेपालको कप्तानी विनोद भण्डारी र आयरल्यान्डको निल रकले गर्नेछन् । नेपाल ए को टी- २० टोलीमा सिनियर टोलीबाट खेलेका विनोद, लोकेश बम, देव खनाल, पवन सरार्फ, आरिफ शेख, बसिर अहमद लगायतका खेलाडी छन् ।