बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

आजदेखि एसईई परीक्षा, ५ लाख ४ हजार परीक्षार्थी सहभागी

बिहिबार, चैत्र १५ २०८०

काठमाडौं । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु हुँदैछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म चल्नेछ । आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुँदैछ ।

परीक्षा आजदेखि चैत २७ गतेसम्म चल्नेछ।

यस वर्षको परीक्षामा सामुदायिक तथा संस्थागत विद्यालयबाट ५ लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

जसमा २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना छन् ।

एसईई परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ।

सबैभन्दा कम मनाङ र मुस्ताङमा एकरएक केन्द्र तथा सबैभन्दा बढी काठमाडौंमा १२७ परीक्षा केन्द्र छन्।