बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता

बुधबार, चैत्र १४ २०८०

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायण काजी श्रेष्ठ र चिनियाँ समकक्षी वाङ यिबीच भेटवार्ता भएको छ । डेलिगेसन तहमा भएको भेटमा पुराना सम्झौता कार्यान्वयनमा जोड दिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चीनका लागि नेपाली राजदूत विश्नु पुकार श्रेष्ठसहितको डेलिगेसन भेटवार्तामा दुई पक्षीय सहकार्यको बारेमा छलफल र सम्बन्धलाई नयाँ उचाईमा लैजाने विषयमा छलफल भएको बताइएको छ ।

मंगलबार नै परराष्ट्रमन्त्री श्रेष्ठले बेइजिङ दूतावासले आयोजना गरेको लगानी सम्मेलनमा बोलेका थिए ।

आइतबार चीन गएका श्रेष्ठ सोमबार बेइजिङ पुगेका थिए । उनी नौ दिन चीन भ्रमणमा  हुनेछन् ।