बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

४ असईसहित २३ प्रहरी सम्पर्कविहीन, स्पष्टीकरणसहित सम्पर्कमा आउन निर्देशन

मंगलबार, चैत्र १३ २०८०

काठमाडौं । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि सम्पर्कविहीन भएका २३ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।

सूचना जारी गरी खोजतलास गर्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयलले जनाएको छ ।

कार्यालयले विगत एक महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन भएका चार प्रहरी सहायक निरीक्षक, एक प्रहरी हवल्दार, १७ प्रहरी जवान र २ जना प्रहरी कार्यालय सहयोगीसहित २३ जनालाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो ।

प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै सम्पर्कमा नरहेका कर्मचारीलाई सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको छ ।

तोकिएको अवधिमा पनि सम्पर्कमा नआए आवश्यक कार्बाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ ।