धनगढी । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका युवक अझै भेटिएका छैनन् ।
सोमबार कर्णाली पुलमाथिबाट हाम फालेका १७ जनामध्ये कैलालीको लम्कीचुहा नगरपालिकाका ३० वर्षीय लोकेन्द्रबहादुर शाही बेपत्ता भएका हुन्।
प्रहरीले गोताखोर प्रयोग गरिए पनि बेपत्ता भएका शाही नभेटिएको जनाएको छ । मंगलबार बिहानबाट पुनः खोजी सुरु गरिएको प्रहरीले जनाएको छ ।
सोमबार दिउँसो माथिल्लो शरीरको कपडा फुकालेर सडकमा हिँडिरहेका युवाको उक्त समूहलाई चिसापानी प्रहरीले कर्णाली पुल वारी नै रोक्न खोजेको थियो । तर सामूहिक रूपमा तस्विर खिच्ने भन्दै उनीहरू जबरजस्ती अघि बढेको प्रहरीको भनाइ छ ।