काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ इतिहास रचेको छ ।
बुधबार प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २६ सय रुपैयाँले बढेको छ। आज छापावाला सुन १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर १ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।