नयाँ दिल्ली ।भारतमा आउँदो अप्रिल १९ देखि लोकसभाको निर्वाचन हुने भएको छ। सात चरणमा सम्पन्न हुने मतदान प्रकृया डेढ महिनामा पूरा हुने जनाइएको छ ।
भारतमा १९ अप्रिलदेखि सात चरणमा लोकसभा चुनाव हुने बताइएको छ । भारतको निर्वाचन आयोगले शनिबार पत्रकार सम्मेलनमार्फत चुनावको मिति घोषणा गरेको हो ।
७ चरण मध्ये पहिलो चरणमा १९ अप्रिल, दोस्रो चरण २६ अप्रिल, तेस्रो मे ७, चौथो मे १३, पाँचौं २० मे, छैटौं र २५ मेमा सातौं चरणमा मतदान हुँदैछ ।
कार्यतालिकाअनुसार पहिलो चरणको मतदान १९ अप्रिलमा हुनेछ । त्यसपछि दोस्रो चरण २६ अप्रिलमा हुने छ । तेस्रो चरण ७ मेमा, चौथो चरण १३ मे, पाँचौ चरण २९ मे र छैठौं चरणको मतदान २५ मेका दिन हुनेछ ।
सातौं चरणको मतदान जुन–१ का दिन हुनेछ । अप्रिल १९ बाट सुरु भएर जुन १ मा मतदानसकिने मुख्य निर्वाचन आयुक्त राजीव कुमारले पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।
८५ वर्षभन्दा माथिका सबै मतदाता वा अपाङ्गता भएका मतदातालाई घरमै बसेर मतदान गर्नका लागि फारम पठाइने आयोगले जनाएको छ। सोही उमेरसमूहका मतदाता बुथमा आएपछि आयोगको स्वयंसेवकहरूले तिनीहरूलाई मतदान गर्न सहयोग गर्ने बताइएको छ ।
मतगणना असार ४ गते हुनेछ । यससँगै ४ राज्यमा विधानसभा चुनाव हुनेछ । यसमा ओडिशा, सिक्किम, अरुणाचल प्रदेश र आन्ध्र प्रदेश समावेश छन्।