बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

शुक्रबार, चैत्र २ २०८०

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ ।

शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै कांग्रेसका सांसदहरुले उठेर विरोध गरे । सभामुख देवराज घिमिरेले एक जनालाई बोल्न दिएपछि कांग्रेसका तर्फबाट बोल्दै सांसद प्रदीप पौडेलले गृहमन्त्री लामिछाने प्रश्न र अनुसन्धानको घेरामा रहेको बताए ।

‘आफूमाथि प्रश्न बोकेर उहाँ (लामिछाने) गृहमन्त्री बन्न हुँदैन थियो’, प्रतिनिधि सभा सदस्य पौडेलले भने, ‘त्यसैले उच्च नैतिकता देखाएर उहाँलाई पदबाट राजीनामा दिन म माग गर्दछु।’

सहकारी ठगी प्रकरणमा नाम जोडिएको व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै कांग्रेसले संसद्मा प्रश्न उठाउँदै आएको छ । ‘पीडितहरूको विश्वास जित्ने नसकेको सरकारले वित्तीय संकटलाई कसरी समाधान गर्न सक्छ ।’ उनले भने ।