बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

बिहिबार, चैत्र १ २०८०

काठमाडौं । प्रतिनिधि सभाको बैठक अहिले बिहान ११ बजे बस्दैछ ।

संघीय संसद सचिवालयले तय गरेको सम्भावित कार्यसूचीअनुसार नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संघीय निजामती सेवा विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि जनाएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने उल्लेख छ ।

यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० संसदमा प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै आ.व. २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव वाहेक) का विषयमा छलफल शुरु गरिनेलगायतका कार्यसूची छ ।