बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

एमालेका अध्यक्ष ओली आज कञ्चनपुर जाँदै

बिहिबार, चैत्र १ २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कञ्चनपुर जाँदै छन्।

नवौँ जिल्ला अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली बिहान पौने ९ बजे धनगढीतर्फ प्रस्थान जाने उनको सचिवालयले जनाएको छ।

एमालेले आगामी जेठसम्ममा सबै जिल्लाका जिल्ला अधिवेशन गरिसक्नु पर्ने सर्कुलर जारी गरेको छ।

जस अनुसार विभिन्न जिल्लामा अधिवेशनहरू भइरहेका छन्। पार्टीले चैत मसान्तसम्ममा अधिवेशन सक्ने निर्णय गरे पनि मध्यपहाडी यात्राका कारण जेठसम्म सारिएको हो।