काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक एकताका लागि शुभकामना दिएका छन् ।
प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने क्रममा उनले यस्तो शुभकामना व्यक्त गरेका हुन् । प्रधानमन्त्री दाहाल आज नेपाली कांग्रेसप्रति केही रुष्ट बनेका छन् ।
उनले पछिल्लो एक वर्षमा काँग्रेस भित्रका विचार समूहहरुको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावले आफू आजित भएकाले गठबन्धन फेर्नुपरेको बताए । प्रधानमन्त्री प्रचण्डले गठबन्धनमा गरेको परिवर्तन वा समीकरणमा गरिएको परिवर्तनसँगै काँग्रेस भित्रको आन्तरिक एकताको कारक बन्न पाएकोमा आफू सन्तुष्ट रहेको समेत बताए ।
उनलेनेपाली काँग्रेसभित्रको कचिङ्गल सफा भए पनि आफू खुशी हुने बताउँदै नेपाली काँग्रेसको समर्थनमा आफू एक पटक मात्रै प्रधानमन्त्री भएको र काँग्रेस नेकपा –माओवादी केन्द्र) को समर्थनमा काँग्रेसबाट दुई पटक प्रधानमन्त्री बनेको बताएका थिए ।
प्रधानमन्त्री दाहालले आफूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई पटक प्रधानमन्त्री बन्न सहयोग गरेको तर कांग्रेसले आफूलाई एक पटकमात्र प्रधानमन्त्री बनाउन सहयोग गरेको समेत बताए । कांग्रेसले आफूहरुलाई धोका दिएको बताएपनि कांग्रेसबाट आफूहरु पटकपटक धोकाको शिकार बनेको उनले बताए ।
उनले आवश्यकता र आकस्मिकताको प्रक्रियाबाट नै राजनीतिक घटनाक्रम अघि बढेको बताए। गएको १४/१५ महिनामा संसदमा आफूहरूले उथलपुथल नै भोगिरहेकाले कसैप्रति इंकित गर्दै नभनेको प्रष्टीकरण दिए।
कोशी लगायतका विषयका प्रशंग उठाउँदै प्रधानमन्त्री दाहाले कांग्रेसले माओवादीलाई पटकपटक धोका दिएको स्मरण गराए ।
एउटै माघले जाडो नजाने भन्दै उनले शान्ति प्रक्रियाका सहयात्रीले त्यसको हेक्का राख्नुपर्ने बताए ।