बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ

आइतबार, फाल्गुन २७ २०८०

वीरगंज महानगरपालिका–१६ रजत जयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ सय ७० मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका–२० हरपतगंज टोल बस्ने १९ वर्षीय कार्तिक कुमार राय र सोही महानगरपालिका–१७ भुटनदेवी बस्ने २० वर्षीय युवराज राय रहेका छन् । प्रहरी चौकी ईनरुवा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको संयुक्त टोलीले भारत रक्सौलबाट वीरगंज बजारतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।