बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

त्रिकोणात्मक टी-२० आई सिरिज : नेपालले हङकङविरुद्ध पहिला फिल्डिङ गर्ने

आइतबार, फाल्गुन २७ २०८०

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नेपालले हङकङसँग पहिला फिल्डिङ गर्ने भएको छ ।

मोङ कोकमा घरेलु टोली हङकङविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको हो ।

खेल नेपाली समय अनुसार विहान सबा ११ बजे सुरु हुनेछ ।

हेड टु हेडका आधारमा पछिल्लो पाँच भेटमा नेपालले तीन खेल जित्दा हङहङले २ खेल जितेको छ ।

नेपालले दोस्रो खेलमा पर्सि पवुवा न्युगिनीसँग खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक शृङ्खलाको फाइनल खेल हुने छ । यसअघि हिजो भएको मैत्रीपूर्ण टी- २० क्रिकेट प्रतियोगितामा नेपाल हङकङसग ७३ रनले पराजित भएको छ ।

टस जितेर पहिले बलिङ गरेको नेपाललाई हङकङले २ सय १३ रनको लक्ष्य दिएको थियो । नेपाली टोली भने १ सय ३९ रन मात्र बनाउन सक्यो । आगामी जेठमा हुने टि-२० विश्वकपको लागी नेपालले तयारी स्वरुप हङकङ भ्रमण गरेको हो ।