काठमाडौं । सत्तागठबन्धनको प्रमुख घटक नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ ।
पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा साथै सरकारमा अबको कामकारबाहीको कार्ययोजना मुख्य एजेण्डा रहेको बताइएको छ ।
बैठकमा नयाँ गठबन्धन, सरकारमा पार्टीको सहभागितालगायत समसामयिक विषयमा छलफल हुने एमाले नेताहरूले बताएका छन् ।
प्रतिपक्षबाट सत्तापक्ष बनेपछि पहिलोपटक एमाले सचिवालय बैठक बस्न लागेको हो ।