बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

मानव बेचबिखन गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

बिहिबार, फाल्गुन २४ २०८०

बुटवलको कपडा पसलमा काममा लगाईदिन्छु भन्दै भारत पुर्यााई मानव बेचबिखन गरेको अभियोगमा नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिका–३ घर भएका २५ वर्षीय जीवन भन्ने रिक मन राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

राईले फेसबुक मार्फत चिनजान भएकी पीडितलाई रोजगारी लगाईदिने प्रलोभनमा भारतको मुजफ्फरपुरमा लगेर बन्धक बनाई राखेको अवस्थामा नेपाल फिर्ता ल्याइएको छ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा वारदात पश्चात फरार रहेका राईलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले प्रहरी वृत्त कालिमाटीको सहयोगमा पक्राउ गरेको हो ।

मासिक ४० देखि ५० हजार रूपैयाँ तलब पाइने पसलमा काममा लगाईदिने प्रलोभन देखाई भारत मुजफ्फरपुरस्थोत मोर्डन फेसन टेड्र मार्क नामक कम्पनीमा बुझाएको, कम्पनीमा काम गर्न ७ दिने तालिम लिनु पर्छ भनि १६ हजार रूपैयाँ लिएको, तालिम सकेपश्चात कम्पनीमा लगानीको लागि जबरजस्ती १ लाख ८० हजार रूपैयाँ लिएको तथा कम्पनीको होस्टलमा बन्धक बनाई राखेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य अभियुक्तहरूको समेत प्रहरीले खोजी गरिरहेको छ ।