काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भइरहेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबिच छलफल भइरहेको बताइएको छ ।
मंगलबार प्रचण्डसहित नेकपा एमालेका अध्यक्ष केपी ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेटेर नयाँ गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए ।
नेपालले पार्टीको बैठकबाट आवश्यक निर्णय लिने जवाफ फर्काएका थिए । आजै सो पार्टीको बैठक बस्न लागेको सन्दर्भमा खनाल प्रधानमन्त्री भेट्न पुगेका हुन् ।