मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

सत्ता गठबन्धन परिवर्तन गर्ने सोमबारको घटना सामान्य होइन : शेखर कोइराला

मंगलबार, फाल्गुन २२ २०८०

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता गठबन्धन परिवर्तन गर्ने सोमबारको घटना सामान्य नभएको बताएका छन्।

उनले कमजोर,अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन नेपाली कांग्रेसलाई महङ्गो सावित भएको समेत उल्लेख गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमाले–रास्वपासहितको नयाँ गठबन्धन बनाएको भोलिपल्ट आज बिहान सामाजिक सञ्जालमार्फत नेता कोइरालाले यो असामान्य घटना भएको टिप्पणी गरेका छन् ।

‘राजनीतिमा गठबन्धन वन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो तर हिजोको घटना सामान्य होईन। कमजोर,अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई महङ्गो सावित भयो। यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि ? भविष्यको लागि सजग बनौं ।’ उनले भनेका छन् ।

उनी यसअघि पनि माओवादीसँगको गठबन्धनको विरोध गर्दै आएका थिए ।