मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

बालुवाटारमा ओली र रविसहितका नेता छलफलमा, प्रधानमन्त्रीले मागे मन्त्री बन्नेको नाम

सोमबार, फाल्गुन २१ २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेबीच छलफल जारी छ ।

बालुुवाटारमा भइरहेको छलफलमा एमालेबाट महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, गृहमन्त्री एवम् माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, माओवादीकै उपमहासचिव वर्षमान पुन सहभागी छन् ।

वर्तमान सत्ता गठबन्धन परिवर्तन भइ एमाले, माओवादी, रास्वपा, जसपासहितको नयाँ गठबन्धन बनेको छ । तर यसकाे औपचारिक घोषणा हुन भने बाँकी छ ।

प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धनसहितको मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् ।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले एमाले र रास्वपालाई समेट्दै मन्त्रिपरिषद पुनर्गठन हुने जानकारी दिए । मन्त्रिपरिषद पुनर्गठनका लागि प्रधानमन्त्री प्रचण्डले दलहरुसँग मन्त्री बन्नेहरुको नाम मागेको जानकारी पनि उनले दिए ।

अहिलेका सबै मन्त्री हटाउने र सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएको छ ।

नयाँ मन्त्रिपरिषद्मा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एकरएक जना मन्त्री बन्दैछन् ।