काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच आज विहान सिंहदरबारमा भेटवार्ता भएको हो ।
ओली प्रचण्डलाई भेट्न आइतवार बिहान सिंहदरबार पुगेका हुन् । भेटमा समसामयिक राजनीतिका साथै शान्ति प्रक्रियालाई टुंग्याउने विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमल्सिनाले जानकारी दिए ।
पछिल्लो समय राष्ट्रियसभा अध्यक्षमा कांग्रेस र माओवादीबीचको किचलोले फेरि वाम गठबन्धनको चर्चा चलेको छ । यसबीच दुई नेताबीचको बाक्लिएको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।