शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

टी–२० सिरिज : नामिबियासँग खेल्दै नेपाल

मंगलबार, फाल्गुन १५ २०८०

काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपालले नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा आज मंगलबार नामिबियासँग खेल्दैछ।

टियु क्रिकेट मैदानमा बिहान साढे ११ बजे सुरु हुनेछ ।

टी -२० त्रिकोणात्मक सिरिजमा नेपाल, नामिबियासँगै नेदरल्यान्ड सहभागी छ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको पहिलो

सिरिजपछि टी-२० सिरिज खेल्न लागेका हुन् ।

यसअघि आईसिसी विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा भएको ओडीआई सिरिजको दुई खेलमा नै नेपाल नामिबियासँग पराजित भएको थियो।

सिरिजको दोस्रो खेलमा नेपालले भोलि बुधबार नेदरल्याण्डस्सँग खेल्नेछ।

टी–२० खेल्ने टोली
रोहित पौडेल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल साह, रासिद खान, सागर ढकाल, आरिफ शेख र अविनाश बोहोरा।