बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

लगालग तीन विकेट गुमाएपछि सम्हालिएर खेल्ने प्रयासमा नेपाल

आइतबार, फाल्गुन १३ २०८०

काठमाडौं । आईसीसी लिग–२ अन्तर्गत नेदरल्यान्डसँगको जारी खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । ५४ रन बनाउँदा नेपालले तेस्रो विकेट गुमाएको हो ।

तेस्रो विकेटका रूपमा कुशल मल्ल आउट भए । उनी एलबीडब्लु धरापमा परेका थिए। मल्लको विकेट आर्यन दत्तले लिए । ९ बल सामना गरेका मल्ल २ रन जोड्दै पेभेलियन फर्किए ।

यसअघि दोस्रो विकेटका रूपमा नेपालले ५० रन बनाउँदा अनिल साह आउट भएका थिए । ११ बलको सामना गरेका साहले १ छक्कासहित ७ रन बनाए । नेदरल्यान्डसका भिभियन किङ्ग्माले साहलाई आउट गराएका हुन् ।

मल्ल आउट भएसँगै कुशल भुर्तेललाई साथ दिन कप्तान रोहित कुमार पौडेल क्रिजमा आएका छन् । भुर्तेल ३९ र रोहित १४ रनमा खेलिरहेका छन् ।

जारी खेलमा २२ ओभरको समाप्तिमा नेपाल ३ विकेटको क्षतिमा ७९ रनमा खेल्दैछ ।

आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले नेदरल्याण्ड्सविरुद्धको खेलमा टस हारेसँगै पहिला ब्याटिङको निम्तो पाएको छ ।