मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

नेपाल प्रहरीमा जागिरको अवसर, हेर्नुहोस् विज्ञापन

शुक्रबार, माघ २६ २०८०

काठमाडौं । नेपाल प्रहरीले प्रहरी जवानदेखि कार्यालय सहयोगीको माग गरिएको छ।

प्रहरी प्रधान कार्यालयले प्रहरीले १ हजार ८५६ जना जवान पदमा भर्ना खोलेको छ । यसैगरी भान्छे ५३, हजाम ७, कूचिकार २० र खेलाडी १४ जनाका लागि पनि भर्ना खुलेको छ ।

जवानतर्फ १८५६ जना मागेको छ । यस्तै कार्यालय सहयोगीमा भान्छेदेखि खेलाडीसम्म ९४ माग गरिएको छ ।

खेलाडी पदमा एथ्लेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, जुडो, भलिबल, फुटबल, टेबल टेनिस र बक्सिङ विधामा मात्रै दरखास्त दिने सकिने छ ।

दरखास्त चैत ९ गतेसम्म दिन सकिने कार्यालये जनाएको छ । खेलाडीहरुका लागि भने काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा मात्र दरखास्त फारम बुझाउनु पर्ने छ ।