काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ ।
शनिबारबाट संसद भवन बानेश्वरमा सुरू भएको बैठकमा सोमबारबाट सुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल हुनेछ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई प्रशिक्षण दिने छन् । संसदमा पार्टीका सांसदहरुको भुमिका प्रभावकारी बनाउने बारेमा बारेमा प्रशिक्षण दिइने बताइएको छ ।
सोमबारदेखि सुरु हुने संघीय संसद्को हिउँदे अधिवेशनमा प्रमुख प्रतिपक्षसहितका राजनीतिक दलले भ्रष्टाचार, महँगी, कालोबजारी, युवा र विद्यार्थीको विदेश पलायनसहित जनसरोकार र संविधान कार्यान्वयनसँग जोडिएका कानुन निर्माणका विषयलाई प्रमुखताका साथ उठाउने तयारी छ ।
सुशासन, सामाजिक न्याय, विकास र समृद्धिका पक्षमा सरकार चुकेको आरोप लगाउँदै विपक्षी दलहरूले राष्ट्रियता र स्वाधीनतासँग जोडिएका विषयमा समेत सदनमार्फत सरकारको ध्यानाकर्षण गराउने तयारी छ ।