काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको मौसममा पश्चिमी वायुको प्रभाव रहेको छ । अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भू-भागमा आंशिक बदली भइरहेको छ ।
आज देशभर बदली रहनुका साथै कर्णाली, सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र बागमाती प्रदेशका केही स्थानमा हल्का तथा छिटपुट वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हिमपातको सम्भावना छ ।
आगामी २४ घण्टामा कर्णाली, सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका केही स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हिमपात हुन सक्नेछ । महाशाखाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
सोमबार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हिमपात हुन सक्नेछ । त्यस्तै मंगलबार उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।