मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

टिआरसीका बारेमा एमालेको अडान यथावत छ, सबैको सहमति जुट्नुपर्छ :  अध्यक्ष ओली

शुक्रबार, माघ १९ २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी काम सबैको सहमतिमा पास गर्नुपर्ने बताएका छन् ।

शुक्रवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्डसँगको भेटघाट पछि अध्यक्ष ओलीले यस्तो बतएका हुन् ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सबैको सहमतिबाट पास गर्नुपर्ने बताए ।
प्रधानमन्त्रीसँग समसामयिक विषय र शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउने सन्दर्भमा छलफल भएको उनले बताए ।

उनले भने, ‘शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउने सन्दर्भमा अहिले विधेयकमा छलफल भइरहेको छ समितिमा । अलिक त्यसलाई राम्रोसँग मिलाएर छिटै टुंग्याऔँ भन्ने छलफल भएको हो । टिआरसीको बारेमा एमालेको अडान यथावत छ । राम्रो बनाएर सहमतिले पास गरे हुन्छ ।’

ओलीले टिआरसीसँग सम्बन्धित विधेयकमा पीडितमैत्री विधेयक बन्नुपर्ने अडान एमालेको यथावत रहेको पनि बताए ।

विवादित विषयमा सत्ता गठबन्धनका दल नेपाली कांग्रेस र माओवादी केन्द्र प्रक्रियाबाट टुंग्याउने पक्षमा रहे पनि एमालेले सहमति जुटाउनु पर्ने अडान राख्दै आएको छ ।

केहीदिनअघि कानूनमन्त्री धनराज गुरुङले प्रक्रियाबाटै भएपनि टीआरसी विधेयक टुंग्याउने बताएका थिए ।