मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको निधन

मंगलबार, माघ १६ २०८०

काठमाडौं । पाटन उच्च अदालतका न्यायाधीश मातृकाप्रसाद मरासेनीको मंगलबार बिहान हृदयघातबाट निधन भएकाे छ ।

उनी अघिल्लो सातामात्रै सरुवा भएर पाटन आएका थिए ।

लामो समय जिल्ला न्यायाधीश रहेका उनी गत पुस २४ गते उच्चको न्यायाधीश नियुक्त भएका मरासेनी त्यहाँ हाजिर भएको २ दिनमात्रै भएको थियो ।

कार्यालय आउने तयारी गरिरहेका बेला बिहान ९ बजे घरमा बसिरहेका बेला उनकाे स्वास्थ्यमा समस्या आएको थियो । लगत्तै उनलाई नेशनल हस्पिटल कलंकी पुर्‍याइएको थियो । उनी काठमाडाैंकाे कलंकीमा बस्दै आएका थिए ।

उपचारका क्रममा बिहान १० बजे निधन भएको पाटन उच्च अदालतका प्रवक्ता तीर्थ भट्टराईले जानकारी दिए ।