मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

तराईमा आज पनि हुस्सु, पहाडका केहीस्थानमा हल्का वर्षाको सम्भावना

मंगलबार, माघ १६ २०८०

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले पहाडी भू-भागमा आंशिक बदली भएको र तराईका केही स्थानमा हुस्सु लागेको महाशाखाले जानकारी दिएको छ ।

आज पहाडी क्षेत्रमा बदली रहनेछ भने उच्च पहाडी तथा हिमाली भू-भागका केही क्षेत्रमा भने हल्का हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखले जानकारी दिएको छ ।

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशका पहाडी भू-भागका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा हिमपातको सम्भावना छ भने राईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लाग्न सक्नेछ । जसका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

बुधबार पहाडी भू-भागमा साधारणतया बदली रहने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूका साथै बाँकी पहाडी भू-भागका एक-दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।

त्यस्तै बिहीबार पहाडी भू-भागमा बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै बाँकी पहाडी भू-भागका एक-दूई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।