मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

आइतबार, माघ १४ २०८०

काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने ३९ वर्षीय चतुरमान तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार ६ सय ८० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।