काठमाडौं । काठमाडौं महानगरपालिकाले धरहरासँगै निर्माण भएको पार्किङ खुला गर्ने भएको छ ।
न्यूरोडमा क्षेत्रमा पार्किङ निषेध गरेसँगै सुन्धारामा बनेको पार्किङ खुला गर्न लागिएको हो ।धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए ।
उनका अनुसार काठमाडौं टावरमा पनि निःशुल्क पार्किङको व्यवस्था गरिएको छ । त्यसबाहेक धरहराको पार्किङ भवनमा ५० हजार वर्गफिट क्षेत्र पनि निःशुल्क पार्किङ उपलब्ध हुने महानगरले बताउँदै आएको छ ।
गएको दशैँदेखि छठ पर्वसम्मको अवधिमा वडा कार्यालयले साझेदार र स्थानीय क्लबहरूसँगको सहकार्यमा निःशुल्क पार्किङ सेवा दिएको थियो ।