मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

काठमाडौंमा आज यो वर्षकै चिसो, पहाडी भेगमा हिमपातको सम्भावना

शनिबार, माघ १३ २०८०

काठमाडौं । काठमाडौंमा आज यो वर्षकै न्यून तापक्रम मापन गरिएको छ । बिहान काठमाडौंको तापक्रम यो वर्षकै न्यून २.९डिग्री सेल्सियस मापन गरिएको हो ।

तापक्रम घटेसँगै काठमाडौंसहित देशभरकै अधिकांश स्थानमा चिसो बढेको हो । यसअघि बिहीबार र शुक्रबार पनि काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको थियो ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका एक दुई स्थानमा हुस्सु र कुहिरो लागेको छ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।