मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

भायानेटको ‘बाइ वान गिफ्ट वान फ्री’ योजना सार्वजनिक

बुधबार, माघ १० २०८०

भायानेट कम्युनिकेसन लिमिटेडले ‘बाइ वान गिफ्ट वान फ्री’ योजना सार्वजानिक गरेको छ । कम्पनीले नयाँ जडान र नवीकरण गर्नेहरुका लागि यस प्रकारको (एक किन्दा एक उपहार) इन्टरनेट योजना सार्बजनिक गरेको हो ।

यस अफरमा भायानेटको इन्टरनेट नवीकरण वा नयाँ जडान गर्ने ग्राहकले आफ्ना प्रियजनलाई १२५ एमबीपीएस ३ महिनाको प्याकेज सित्तैमा उपहार दिन सक्नेछन् । साथै बदलामा आफ्नो लागि थप १ महिनाको इन्टरनेट निःशुल्क प्राप्त गर्न सक्नेछन्।यो योजनामा योग्य हुनको लागि भायानेट ग्राहकले ३, ६ वा १२ महिनाको सदस्यता अवधिको साथ १२५ एमबीपीएस वा सो भन्दा माथिका उच्च गतिको इन्टरनेट प्याकेज नवीकरण वा जडान गर्नुपर्ने हुन्छ । एक पटक योग्य भएपछि, ग्राहकले एसएमएस मार्फत उपहार भौचर कोड प्राप्त गर्नेछन् । गिफ्ट भाउचर प्राप्त गर्ने व्यक्तिले भायानेटलाई सम्पर्क गरी १२५ एमबीपीएस ३ महिनाको २ हजार ७ सय र भ्याट बाराबरको इन्टरनेट प्याकेज उपहार दाबी गर्न सक्छन् । उपहार भाउचर नयाँ जडानको लागि मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ । साथै यसमा जडान शुल्क भने लागू हुनेछ ।

उपहार भौचर दाबी गरिसकेपछि, आफ्नो प्रियजनलाई उपहार भाउचर दिने मूल ग्राहकले नयाँ ग्राहकलाई भायानेट जडान गर्न सहयोग गरे बापत १ महिनाको इन्टरनेट निःशुल्क पाउनेछन्।यो अफरलाई थप आकर्षक बनाउन भायानेटले १२५ एमबीपीएस ३ महिनाको प्याकेजमा नयाँ आकर्षक छुट सहितको मूल्य समेत सार्वजनिक गरेको छ । यसको मुल्य मात्र भ्याट बाहेक २ हजार ७ सय रुपैयाँ रहेको छ । भायानेटका सेल्स एण्ड मार्केटिङ उपाध्यक्ष शहिन श्रेष्ठले भायानेट परिवारमा सामेल हुने र आफ्ना प्रियजनलाई उच्च गतिको इन्टरनेट उपहार दिने यो आकर्षक योजनाको लाभ लिन नछुटाउनु आग्रह समेत गरेका छन् ।