मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

लतितपुरका नापी सर्वेक्षकसहित तीन जना घुससहित पक्राउ

बुधबार, माघ १० २०८०

काठमाडौं । नापी कार्यालय लतितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जना साढे दुई लाख घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिएको टोलीले नापी सर्वेक्षक यादवसहित लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई सेवाग्राहीसँग दुई लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा मंगलबार साँझ पक्राउ गरेको हो ।

उनीहरूलाई नापी कार्यालय परिसर ललितपुरबाटै नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनका अनुसार उनीहरूले जग्गा कित्ताकाँटगरी जग्गा धनी प्रमाण पूर्जा बनाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारले स्टिंग अपरेशन गरेको थियो ।

यसबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।