मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

पार्किङ निषेधको विरोधमा न्यूरोडका व्यवसायी

मंगलबार, माघ ९ २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि सडकमा पार्किङ निषेध गरेसँगै न्यूरोड क्षेत्रका व्यवसायीहरू विरोधमा उत्रिएका छन् ।

अहिले त्यहाँका व्यवसायीहरू आआफ्नो सटर बन्द गरेर पार्किङ निषेधको विरोधमा उत्रिएका छन् ।

पार्किङ गर्न नदिएपछि ग्राहक नआउने भन्दै व्यवसायीले विरोध जनाए।

काठमाडौं महानगरपालिकाले आजदेखि सडकमा पार्किङ गर्ने अभ्यासमा रोक लगाउँदै सवारी आवागमनलाई सहज बनाउने प्रयास थालेको छ । पार्किङ निषेध गरिएका स्थानहरूमा ‘नो पार्किङ’ का संकेत चिन्ह राखिएका छन्।

नयाँ सडक जानु पर्ने सवारी धनीलाई काठमाडौं टावर (साविक पुरानो बसपार्क) मा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइएको महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए। यस ठाउँमा ३ सय वटा चारपाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिन्छ।