काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफुलको मुल्य सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली ठूलो गोलभेडा ५०, लोकल सानो गोलभेडा १४, अदुवा १५०, रातो आलु ३४, रातो भारतीय आलु ३० रूपैयामा कारोबार हुदाँ स्थानीय काउली ३०, कागती १६०, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
समितिका अनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८०, कालो अंगुर २८०, केरा १३० रुपैयाँ दर्जन, अनार २५०, किवी ३००, आभोकाडो २५०, अमला ८० र स्ट्रबेरी भुईऐसेलु ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
भारतीय सुकेको प्याज ७८, हरियो प्याज १०० र पुदीना ३२० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ५०, चाइनिज सुकेको लसुन २५०, हरियो लसुन ११०, नेपाली सुकेको लसुन २६० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने डल्ले भान्टा र लाम्चो भान्टा ६०, भिण्डी ७०, र हरियो धनिया १०० रुपैयाँ पाइने समितले जनाएको छ ।