पाल्पा। पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका–१, असर्दीका २८ वर्षीय हेमन्त जिटी छन् ।
गए राति काली गण्डकी कोरिडोर सडक हुँदै रम्भाको पिपल डाँडाबाट हुँगीतर्फ आउने क्रममा रम्भा–१, भुमरमा ग १४ प ३७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल सडकदेखि दुई सय मिटर तल काली गण्डकी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी श्रीराम भट्टले जानकारी दिए ।