सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

शुक्रबार, माघ ५ २०८०

पनौती नगरपालिका–४ बसपार्कस्थित खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा धुलिखेल नगरपालिका–१२ बस्ने ४६ वर्षीय विकास तामाङ ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार ५ सय ७० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।