काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्य १२ सय रुपैयाँले घटेको छ ।
मंगलबार प्रतितोला १ लाख १९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख १८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज तेजावी सुन तोलामा १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर तोलाको १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।