सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

शुक्रबार, पुष २७ २०८०

५२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका–१२ प्रगति टोल बस्ने ७२ वर्षीय धन बहादुर श्रेष्ठलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले ती महिलालाई मंगलबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।