सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

बुधबार, पुष २५ २०८०

तनहुँको भिमाद नगरपालिका–३ सुनाकोट बराथुम्कीस्थित सडकमा पोखराबाट रामपुर पाल्पातर्फ जाँदै गरेको ग.१ज ६३५६ नम्बरको जिप सडकदेखि अन्दाजी १ सय ५० मिटर तल खोलामा खसेर बुधबार बिहान दुर्घटना हुँदा जिपमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका नवलपरासी पूर्व बौदीकाली गाउँपालिका–२ बस्ने ४२ वर्षीय रूम बहादुर बिक र सोही गाउँपालिका–२ डेढगाउँ बस्ने ५५ वर्षीय जेमलाल दरैको जि.पि. कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारा तनहुँमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका १० जनामध्ये ४ जनाको सोही अस्पतालमा र ६ जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूमध्ये ३ जनाको गम्भीर, ४ जनाको मध्यम र ३ जनाको अवस्था सामान्य रहेको छ ।

नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–१२ हर्कपुरमा ना.६५ प ६७८९ नम्बरको मोटरसाइकल र ना.६ ख ६०१३ नम्बरको ट्रक एक आपसमा ठक्कर खाईबुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक कास्की माछापुच्छ्रे गाउँपालिका–४ बस्ने २२ वर्षीय बल बहादुर शाहीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।