सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

नेपालमा भित्रियो कोरोनाको नयाँ भेरियन्ट जेएन. १

मंगलबार, पुष २४ २०८०

काठमाडौं  । नेपालमा ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन. १ पहिलो पटक पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जिनोम सिक्वेन्सिङ प्रविधिबाट जेएन. १ को सङ्क्रमण पुष्टि भएको हो ।

आइतबार देशको विभिन्न ठाउँहरूबाट संकलित नमूनाहरूमध्ये १६ वटा पोजेटिभ नमूनाहरूको जिनोम सिक्वेन्सिङ गर्दा ७ वटा नमूनामा जेएन.१ पुष्टि भएको हो।

यद्यपि नयाँ भेरियन्ट भनिएको जेएन.१ पनि ओमिक्रोनकै सब भेरियन्ट हो।

पछिल्लो समय छिमेकी भारतमा पनि जेएन.१ भेरियन्ट सक्रिय हुँदा संक्रमितको संख्या बढेको छ।
मन्त्रालयले सर्तक रहन आग्रह गरेको छ। साथै प्रवेश नाकाहरूमा हेल्थ डेस्क स्थापनादेखि आवश्यक निगरानी बढाउन पनि भनिएको छ।