काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ७५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३५ पैसा कायम गरिएको छ।
यस्तै, युरोपियन युरो ४० पैसाले बढेको छ । आज युरो एकको खरिद दर १४५ रुपैयाँ २६ पैसा र बिक्री दर १४५ रुपैयाँ ९१ पैसा रहेको छ। आइतबार युरो एकको खरिदमा १४४ रूपैयाँ ८६ पैसा र बिक्रीमा १४५ रूपैयाँ ५१ पैसा तोकिएको थियो।
बेलायती पाउण्ड स्टर्लिङको विनिमय दर पनि बढेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ८३ पैसा र बिक्री दर १६९ रुपैयाँ ५९ पैसा रहेको छ। भने आइतबार एकको खरिददर १६७ रूपैयाँ ९८ पैसा र बिक्रीदर १६८ रूपैयाँ ७३ पैसा रहेको थियो ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।