सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आइतबार, पुष २२ २०८०

सुर्खेतको गुर्भाकोट नगरपालिका–२ स्थित चिसापानी कृषि तथा पशुपंक्षी फारममा सिलिण्डरबाट ग्याँस लिक भई गएराति आगलागी हुँदा १ हजार ५ सय वटा बोईलर कुखुरा, २५ बोरा कुखुराको दाना गरी करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

बैतडीको डिलासैनी गाउँपालिका–६ थलाल गाउँ बस्ने पुष्कर थलालको घरमा करेन्ट सर्ट भई शनिबार साँझ आगलागी हुँदा नगद तथा जिन्सी सामान जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।