बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

 विरोधपछि त्रिविको उपकुलपतिका लागि जारी विज्ञापन रद्द

आइतबार, पुष २२ २०८०

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि यसअघि जारी भएको विज्ञापन रद्द भएको छ।

उपकुलपतिमा दरखास्त पेस गर्न विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा ३ वर्ष काम गरेको भन्ने व्यवस्था गरिएपछि व्यापक विरोध भएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त व्यवस्था हटाएर पुनस् विज्ञापन जारी गर्न निर्देशन दिएपछि यसअघि पुस २० गते, शुक्रबार प्रकाशित भएको विज्ञापन रद्द भएको हो।

प्रधानमन्त्रीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई प्रधानमन्त्रीको कार्यकक्षमा बोलाएर विज्ञापन सच्चाउन निर्देशन दिएका थिए ।

यसअघि प्रकाशित विज्ञापनमा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा ३ वर्ष काम गरेको बेहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गनुपर्ने उल्लेख थियो।

अब अर्को सूचना प्रकाशन भएपछि मात्रै प्रक्रिया अगाडि बढ्ने छ ।

यस्तो थियो विज्ञापन