जाजरकोट । जाजरकोटमा चिसोका कारण थप एक जना भूकम्प पीडितको मृत्यु भएको छ ।
भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–१, रावतगाउँ निवासी ५८ वर्षीय कर्णबहादुर विश्वकर्माको चिसोकै कारण मृत्यु भएको हो ।
त्रिपालको बसाइमा बिरामी परेका कर्णबहादुरलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । त्यहाँ उपचार नभएपछि प्रदेश अस्पताल सुर्खेत रेफर गरेर सुर्खेत पुर्याउँदा पनि कर्णबहादुरको उपचार सम्भव नभएपछि उपचारकै क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको छोरा रूपलाल विकले जानकारी दिए
भूकम्पपछि त्रिपालमुनि चिसोका कारण मृत्यु हुनेको सङ्ख्या जाजरकोटमा ३१ र रुकुम पश्चिममा ५ गरी ३६ जनाको मृत्यु भैसकेको छ ।