सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

सोमबार, पुष १६ २०८०

पाल्पाको रामपुर नगरपालिका–८ एक्लेटर खन्चुवा बस्ने राम प्रसाद न्यौपानेको घरमा करेन्ट सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा करिब २० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

झापाको झापा गाउँपालिका–३ फुलबारी टोल बस्ने इन्दिरा कटुवाल खड्काको टु ब्रोदर्स पोल्ट्री फर्ममा आइतबार राति आगलागी हुँदा फर्म पूर्णरूपमा जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

दोलखाको बिगु गाउँपालिका–२ देउलाङ खानी बस्ने ५२ वर्षीय चरित्र बहादुर ठकुरीको घरमा आइतबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ९ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । रोल्पाको माडी गाउँपालिका–५ पानधारा बस्ने ६० वर्षीय बिर्जराम वलीको गोठमा आइतबार दिउँसो आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब ८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।