सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

बालकुमारी घटना : संसदीय समितिमा मागियो गृहमन्त्री श्रेष्ठको राजीनामा

सोमबार, पुष १६ २०८०

काठमाडौं । संसदीय समितिको बैठकमा बालकुमारी घटनालाई लिएर उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागिएको छ ।

सोमबार बसेको समितिको बैठकमा सांसद राजेन्द्र राईले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका हुन्।

छानबिन समितिलाई निष्पक्ष ढंगले काम गर्ने वातावरण बनाउनका लागि भए पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए ।

सांसद राईले गृहमन्त्रीले राजीनामा दिएपछि मात्रै छानबिन समितिले राम्रोसँग काम गर्न सक्ने बताए ।

समस्या सिर्जना भएपछि सरकारले गम्भीर ढंगबाट समाधान गर्नुपर्छ कि सरकाले गोली हान्नुपर्छ ? भन्दै राईले प्रश्न समेत गरेका थिए । उनले भने, ‘ठाउँको ठाउँ गोली हानेर मार्न मिल्छ रोजगारका लागि विदेश जान पाउनुपर्छ भनेर भन्नेलाई मार्न मिल्छ ?’

सो बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले ललितपुरको बालकुमारी घटनामा सुरक्षा कमजोरी भएको स्वीकार गरेका छन् । साथै ईपीएस कार्यालय प्रमुखको भूमिका पनि सकारात्मक नभएको उनको भनाइ थियो ।

बैठकमा घटनाबारे जानकारी दिँदै मन्त्री श्रेष्ठले फिल्डमा खटिएका प्रहरीको कमाण्डर, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पीएसओ र इपीएस कार्यालय प्रमुखको भूमिकामा त्रुटि भएको धारणा राखेका छन् ।