शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

घट्यो सुनको मूल्य

शुक्रबार, पुष १३ २०८०

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।

सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको हो ।

बिहीबार प्रतितोला १ लाख २२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख २० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

आज तेजाबी सुन एक लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी पनि तोलाको ३५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।