सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

शुक्रबार, पुष १३ २०८०

धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ घ्यामपाली टोल बस्ने राम सिंह यादवको यादव मत्स्य तथा कृषि खुकुरा फर्ममा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा कुखुराको दाना र फर्मभित्र रहेको खुकुराको चल्ला ३ हजार समेत पूर्णरूपमा जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

रोल्पाको रोल्पा नगरपालिका–१ भैसिगैरा बस्ने ५० वर्षीय नर बहादुर गिरीको घरमा बिहीबार दिउँसो आगलागी हुँदा लत्ताकपडा, भाँडावर्तन, अन्नपात जलेर करिब ९ लाख २४ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

झापाको बिर्तामोड नगरपालिका–३ सूर्यनगर टोलस्थित अनुप अग्रवालको रिद्धिसिद्धी भेनियर प्लाई फ्याक्ट्री नजिकै प्लाई बनाउन प्रयोग हुने कच्चा पदार्थ राखेको ठाउँमा शुक्रबार बिहान आगलागी हुँदा करिब ३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थनीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।