सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

अपहरणमा संलग्न रहेको अभियोगमा पक्राउ

शुक्रबार, पुष १३ २०८०

दुई वर्षीया बालिकालाई अपहरण गरेको अभियोगमा रामेछाप घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–३ बालकोट पानीटंकी बस्ने ३७ वर्षीय राज नेपाललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं गौशालाबाट पुस १० गते ती बालिका अपहरण भएको घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो ।

साथै उक्त कार्यालयबाट खटिएको प्रहरीले जिल्ला प्रहरी परिसर टेकु काठमाडौं र जिल्ला प्रहरी परिसर भक्तपुरको सहयोगमा भक्तपुर सूर्यबिनायक नगरपालिका–३ बालकोट पानीटंकीबाट ती बालिकालाई सकुशल उद्दार गरी पीडितको परिवारलाई जिम्मा लगाएको छ । उनलाई थप अनुसन्धान एवम् कार्वाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।