सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

आगलागीमा परी एक जनाको मृत्यु तथा विभिन्न धनमाल जलेर नष्ट

बिहिबार, पुष १२ २०८०

दार्चुलाको नौगाड गाउँपालिका–३ होपरीगाड बस्ने रनबिर टमटाको घरमा विद्युत सर्ट भई बुधबार बेलुकी आगलागी हुँदा उनको ४ महिनाको छोरा बिजय प्रकाश टमटाको जलेर मृत्यु भएको छ । आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।

रूपन्देहीको शुद्धोधन गाउँपालिका–३ स्थित टाइगर ब्रुअरी इण्डष्ट्रिज प्रालिको कम्पाउण्डमा पार्किङ गरी राखेको बा.६ च ९०२० नम्बरको कारमा ब्याट्री सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा कारको अगाडिको भाग जलेर करिब १२ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

काभ्रेको चौरिदेउराली गाउँपालिका–५ स्थित गाउँपालिकाको कर्मचारीहरुको निवासमा विद्युत सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा ल्याप्टप, प्रिन्टर, फर्निचर लगायतका सामानहरू जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । बर्दियाको बासगढी नगरपालिका–५ हाउपुर चोक बस्ने टेक बहादुर डाङ्गीको घर नजिकै रहेको परालको टौवामा बुधबार राति आगलागी भई उक्त आगो फैलिएर सँगै रहेको गोठमा समेत आगलागी हुँदा गोठ र पराल पूर्णरूपमा जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।